;

निशुल्क संरचना क्षति निरिक्षण गराउनुहोस्






Select Image Files (तस्विरहरु छान्नुहोस्):


फोन तथा एस. एम. एस. बाट विवरण टिपाउनेहोस्ः


तपाईहरुले विज्ञ परामर्श लिनकालागि ०१–५०१०७५७ मा सम्पर्क गर्न सक्नुहुन्छ ।


एसं एम. एस् बाट सम्पर्कका लागि आफनो मेसेज बक्समा गई
bh[space]name[comma]address (e.g. bh Hari Prasad,Chautara)
टाईप गर्नुहोस् र ५४५५ मा पठाउनुहोस्

के हो भुकम्प डट नेट ?

भूकम्प डट नेट को मूल उद्येश्य भूकम्पले गर्दा संरचनामा भएकोक्षतिका कारण अन्योलमा रहनु भएका हाम्रा दिदि बहिनी दाजुभाइलाई सकेसम्म छिटो प्राविधिकको सल्लाह पाउन सक्ने व्यवस्था मिलाइदिनु हो | यसकालागी भूकम्प डट नेटले आफ्नो सिस्टममा घरधनीबाट आएको कुनै पनि अनुरोधलाई सोही क्षेत्रका हाम्रा स्वयंसेवक इन्जिनियरहरुलाई तुरुन्तै सिस्टमद्वारानै फरवार्ड गर्छ | त्यसपछि उक्त स्वयंसेवक इन्जिनियरलेनै बाकी अनुगमन थाल्नुहुन्छ | सेवालाई हामीले तीन लेभलमा विभाजन गरेकाछौँ |

१. टाढाको जिल्लाहरुबाट आएका अनुरोधलाई त्यहाँ गई शुझाव दिन पर्याप्त साधन-श्रोत नभएक, र साधारण क्षतीको हकमा हामीले, घरधनीले हालेको फोटोको आधारमा सेवा दिने गरेकाछौं |
२. फोटोको आधारमा सेवा दिननसकिने खण्डमा इन्जिनियर द्वारा घरमै गइ अनुगमन गरिनेछ र सल्लाह दिइनेछ |
३. तरुन्त पुग्नु भएका इन्जिनियरहरुबाट अनुगमन भएपश्चात तुरुन्त के गर्नहुने र नहुने सल्लाह दिन्छौं | जटिल मामिला वा ठुलो क्षतीको हकमा बरिष्ठ इन्जिनियरहरुको समुहबाट निरीक्ष्यणगरी परामर्श सेवा प्रदान गरिनेछ |

हाम्रो सेवा नितान्त स्वयंसेवा हो | सबै जना इन्जिनियरहरुले निशुल्क सुबिधा दिई खटी रख्नुभयेकोछ |

हामीलाई सरकारले खटाएको होइन, इन्जिनियरहरुको समुहले शुरु गरेको अभियान हो | हामीले घरको बर्गिकरण गर्ने पनि होइन, हामीले गरेको निरीक्ष्यणको आधारमा सरकारले राहत दिनेपनि होइन | हामीले नितान्त निशुल्क प्राबिधिक सल्लाह तथा परामर्श प्रदानगरी सेवा गर्ने हो, हाम्रा दिदि बहिनी दाजुभाइलाई परेको मानसिक तथा भावनात्मक चोटलाई कम गर्ने प्रयास हो |